गठबन्धन टुटाउने षड्यन्त्रलाई असफल पार्नुपर्छ -प्रधानमन्त्री शेर बहादुर देउवा

शाराम्स

प्रधानमन्त्री शेर बहादुर देउवा

प्रधानमन्त्री शेर बहादुर देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेकाले त्यसलाई असफल पार्नुपर्ने बताएका छन् ।

नेपाल विद्यार्थी संघको ५३औं स्थापना दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले अहिले कुनैपनि अवस्थामा गठबन्धन टुट्न नहुने र गठबन्धन टुटाउने षडयन्त्रलाई असफल पार्नुपर्ने बताएका हुन् । गठबन्धन टुटे दलहरु फेरि एमालेसँग मिल्न जाने संभावना कायमै रहेको उनको भनाई छ । त्यस्तै उहाले वर्तमान निर्वाचन प्रणालीअनुसार एउटै दलको बहुमत आउने सम्भावना नभएकाले तालमेल आवश्यक रहेको धारणा राखेका छन् । त्यस्तै उहाले गठबन्धन भएपछि गिभ एण्ड टेक हुने स्पष्ट पार्नुभयो । कांग्रेसलाई सरकारमा ल्याउनु नै गल्ती हो भने भने स्पष्ट भन्नुपर्ने भन्दै कांग्रेस सभापति समेत रहनुभएका देउवाले आफ्नो सरकारले पनि राम्रो काम गरिरहेको तर्क गरे । देउवाले स्कुल–स्कुलमा संगठन विस्तार गर्न गर्दै बलियो उपस्थीति जनाउन नेविसंघलाई निर्देशन दिएका छन् ।

त्यस्तै कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनको शक्ति देखेर एमाले डराएको टिप्पणी गरेका छन् । उनले लोकतन्त्रलाई बलियो बनाउनका लािग लडाई बाँकी नै रहेकाले सवै सजग भएर लोकतन्त्र उल्ट्याउने षड्यन्त्रहरुविरुद्ध सतर्क हुनुपर्ने धारणा राखेका छन् ।

त्यस्तै नेविसंघ सभापति दुजाङ शेर्पाले नेविसंघको महाधिवेशन पार्टीले दिएको समयसीमाभित्रै सम्पन्न गर्ने प्रविद्धता जनाए । कार्यक्रममा नेविसंघले मोबाइल एपको शुभारम्भ गरेको थियो भने नेविसंघका अग्रज नेताहरुलााई सम्मान गरिएको थियो ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!