स्थानीय तहको निर्वाचनमा कांग्रेसका कार्यकर्ताहरु तालमेलको पक्षमा छैनन् – महामन्त्री गगन थापा

महामन्त्री गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचनमा कांग्रेसका कार्यकर्ताहरु पनि तालमेलको पक्षमा नरहेको बताएका छन् ।

कांग्रेस क्षेत्र नंवर ४ प्रदेश क क्षेत्रिय कार्यसमितिले सोमबार काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा थापाले निर्वाचनमा तालमेल गर्न नहुने बिषय आफुले पहिलेदेखि नै उठाउदै आएको र कांग्रेस कार्यकर्ताहरु पनि तालमेलको पक्षमा नरहेको बताएका हुन् ।

उनले आफूले पछिल्ला दिनहरुमा ५० भन्दा बढी जिल्लाका कांग्रेस नेता कार्यकर्तासँग रायसुझाव लिँदा तालमेल गर्न नहुने कुरा आएको जिकिर गरेका छन् । थापाले जित्नकै लागि भनेर तालमेल गर्नु बेठीक हुने धारणा पनि राखे । मतदाता र कार्यकर्ताको भावनाबिपरित जबरजस्ती गर्न थाले निर्वाचनको परिणाम फरक हुने सक्ने उनको भनाई छ ।

त्यस्तै थापाले पार्टी नेतृत्वले सबै नेता, कार्यकर्ता र मतदाताको चाहनाअनुरुप आवश्यक निर्णय लिनुपर्ने बताएका छन् ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

Share This

Share This

Share this post with your friends!