काठमाडौंको हाँडीगाउँमा गहना खोज्ने जात्रा सम्पन्न भएको छ ।
टुँडाल देवीको खटलाई हाँडीगाउँस्थित गहना पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि पोखरीमा देवीको गहना खोज्ने गरिन्छ । त्यस क्रममा पोखरीबाहिर टुँडाल देवीकी बैनीको खटलाई पनि परिक्रमा गराइन्छ । उक्त अवसरमा भाटभटेनीको मूर्ति टुँडालदेवी मन्दिरमा ल्याउने चलन छ । किंवदन्तीअनुसार छोरी भाटभटेनीले आमा टुँडालदेवीलाई भेट्न जाँदा गोप्य सम्बन्ध रहेका पोडेसँग घुम्न हिँडेकी देखिछन् । यसबाट रिसाएकी छोरी भाटभटेनी राति नै फर्किएको थिइन् । त्यतिबेला नै हराएको गहना प्रत्येक वर्ष खोज्ने र जात्रा लगाउने चलन चलेको संस्कृतिविदको भनाई छ ।
सम्बन्धित समाचारहरु:
बुधबार बिहान तालाक्वस्थित कुम्हाले टोलमा हात नभएको लिङ्गो ठाडाइयो
टेक्सासको तटमा एउटा विषालु 'ब्लू ड्र्यागन' समुद्री स्लग समातियो
बक्स अफिस: ‘ए मेरो हजुर ४’ ले २.४३ करोड र ‘केजीएफ च्याप्टर २’ ले ६ करोड
तिमाल जात्रा अन्तर्गत बौद्धमा मेला
KGF: च्याप्टर 2: 'रकी भाइ' यशको रकिङ कमब्याक हेर्नु अघि, तपाईंले फिल्मको उत्पत्त...
सुशान्त सिंह राजपूत मृत्यु प्रकरण: सीबीआईले आरटीआई प्रश्नमा जानकारी प्रदान गर्न ...