शनिबार ऐतिहासिक महत्व बोकेको काठमाडौंको बालाजु स्थित बाइसधारामा विशेष मेला

चैत शूक्ल पूर्णिमा दिन शनिबार ऐतिहासिक महत्व बोकेको काठमाडौंको बालाजु स्थित बाइसधारामा विशेष मेला लागेको छ ।

मेलाका अवसरमा शनिबार बाइसधारामा भक्तजनको घुँइचो लागेको थियो । मेलामा नुवाकोट, धादिङ, रसुवा, चितवन लगायतका विभिन्न जिल्लाहरुबाट भक्तजनहरु बाइसधारा आउने गर्दछन् । तत्कालीन राजा प्रताप मल्लले निर्माण गरेको उत्त धारामा नागार्जुनको डाँडाबाट पानी आउने गर्दछ ।

यस दिन बालाजु बाइस धाराको पानीले स्नान गरे पाप पखालिने, रोग निको हुने र चिताएको पूरा हुने धामिर्क विश्वास रहिआएको छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

Share This

Share This

Share this post with your friends!