तिमाल जात्रा अन्तर्गत बौद्धमा मेला

तामाङ जातिले मनाउने तिमाल जात्रा अन्तर्गत चैत शुक्ल चतुर्दशीका दिन शुक्रबार बौद्धमा मेला लागेको थियो ।

चैत पूर्णिमाको अघिल्लो दिन बौद्धमा जात्रा लाग्छ । विभिन्न जिल्लाबाट आएका तामाङले बौद्ध स्तूप परिक्रमा गर्ने र बत्ती बाल्ने गर्छन् । मृतकको मुक्तिको कामना गर्दै रातभर बत्ती बाल्ने चलन रहेको छ ।

यो जात्रा तामाङहरूले प्राचीनकालदेखि नै मान्दै आएको विश्वास गरिन्छ । परम्परादेखि नै काभ्रे जिल्लाको तिमाल भेगका तामाङको बाक्लो सहभागिता रहेका कारण यो जात्राको नाम तिमाल जात्रा रहन गएको संस्कृतिबिद्को भनाई छ । जात्राको महत्वपूर्ण दिन बालाजु बाइसधारामा नुहाएर चैत शुक्ल पूर्णिमाको दिन स्वयम्भूमा ठूलो मेला लाग्छ । तिमाल जात्रा मुख्य रूपमा बौद्ध र स्वयम्भूमा लाग्छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

Share This

Share This

Share this post with your friends!