स्थानीय तहको निर्वाचन सार्ने गठबन्धनको षडयन्त्र- अध्यक्ष केपी शर्मा ओली

सारांश :

अध्यक्ष केपी शर्मा ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन सार्ने गठबन्धनको षडयन्त्रको शिकार नबन्न विप्लवलाई आग्रह गरेका छन् ।

मंगलबार नेकपा एमाले ललितपुर जिल्ला कमिटीले सिद्धिपुरमा आयोजना गरको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले विप्लवलाई देखाएर सत्ता गठबन्धनले निर्वाचन सार्ने षडयन्त्र गरिरहेको भन्दै गठबन्धनको शिकार नबन्न विप्लवलाई आग्रह गरेका छन् ।

विप्लबलाई चुनावमा सहभागी गराउने नाममा वैशाख ३० गतेको निर्वाचन सार्ने बहाना मान्य नहुने उनको भनाई छ । उनले स्थानीय निर्वाचनमा भाग लिने भए स्वतन्त्र रुपमा लड्न वा सुर्य चिन्ह लिएर लड्न विप्लवलाई सुझाव दिएका छन् । निर्वाचन सार्न प्रधानमन्त्री देखि प्रचण्ड र माधव कुमार नेपाल लागिपरेको उनले आरोप लगाए ।

उनले माओवादी केन्द्रको भाँडो रित्तिसकेको र बिर्को मात्र रहेको भन्दै बिर्कोलाई केन्द्र मान्ने गरेको आरोप लगाएका छन् । त्यस्तै ओलीले माओवादी केन्द्र र माधव कुमार नेपाल कांग्रेसको पुच्छरमात्रै भएको उल्लेख गरेका छन् । एमाले सरकारले बिकासका धेरै काम गरेको र वर्तमान सरकारले कुनै काम गर्न नसकेकोउनले बताएका छन् । उनले ४० करोड गैरकानूनी पैसामा कुरा नमिल्दा गभर्नरलाई कारवाही गरेको तर्क दिए ।

ओलीले देश बिकास गर्ने पार्टी एमाले नै रहेको भन्दै एमालेमा प्रवेश गर्नेको लहर नै चलेको दावी गरेका छन् । अहिले बनेका ठूला बाटोदेखि पूर्वाधार निर्माणका कार्य एमाले सरकारले नै गरेको उनको बनाई छ । कार्यक्रममा बिभिन्न दलबाट आएका कार्यकर्तालाई एमाले प्रवेश गराइएको थियो ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!