नेकपा एकीकृत समाजवादीले मुलुकलाई समाजवादको दिशातर्फ अघि बढाएर सुन्दर भविष्य निर्माण गर्ने

काठमाडौँ – नेकपा एकीकृत समाजवादी मुलुकलाई समाजवादको दिशातर्फ अघि बढाएर सुन्दर भविष्य निर्माण गर्ने प्रतिवद्धता जनाएका छन् ।

शनिबार पार्टीले भृकुटिमण्डपमा आयोजना गरेको आमसभामा उनीहरुले नयाँ शिराबाट कम्युनिस्ट आन्दोलनको सुरुवात गर्दै मुलुकलाई समाजवादको दिशातर्फ अघि बढाउने प्रतिवद्धता जनाएका हुन् । आमसभालाई सम्बोधन गर्दै समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मदन भण्डारीको नामको दुरुपयोग र जवजको मान्यतामाथि कुठाराघाट भइरहको आरोप लगाएका छन् । उनले गफाडीहरूलाई गफ गर्न दिनुपर्ने र आफुहरु प्रष्ट बिचारका साथ जनतामाझ जाने धारणा राखेका छन् । अध्यक्ष नेपालले जनसेवाको पक्षमा दृढता साथ उभिन चाहेको भन्दै बोलेको कुरा पुरा गरेरै छाड्ने दावी गरे । विभिन्न जिल्लामा एकीकृत समाजवादीमा प्रवेश गर्ने लहर चलिरहेको र पार्टी थप बिस्तार हुदै गएको उनले बताएका छन् ।

त्यस्तै समाजवादीका सम्मानीत नेता झलनाथ खनालले समाजवाद नै भविष्य रहेको भन्दै यसका लागि नयाँ यात्रा सुरु गरेको जानकारी दिएका दिए । उनले यसअघिको ओली नेतृत्वको ४२ महिने सरकारले फुटेको कौडी पनि गर्न नसकेको आरोप लगाए ।

कार्यक्रममा समाजवादीका अन्य नेताहरुले कम्युनिष्ट आन्दोलनलाइ नयाँ ढंगले अघि बढाउनुपर्ने बेला आएको धारणा राखेका थिए ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

Share This

Share This

Share this post with your friends!