हरिसिद्धि देवीको नाच सम्पन्न

दोलखा – दोलखामा पौराणिक हरिसिद्धि देवी नाच सम्पन्न भएको छ ।

ललितपुरमा पौराणिक रुपमा देखाइने गरेको हरिसिद्धि देवी नाच १२ वर्षमा एकपटक हरिसिद्धि क्षेत्र बाहिरका भक्तपुर, धुलिखेल, पनौती र पशुपतिमा देखाइने गरेकोमा यसवर्षबाट पौराणिक सहर दोलखामा पनि ल्याइएको हो । वासिङ्टन विश्वविद्यालयका प्राध्यापक लिन्डा इलिट्सको विस्तृत लेखमा ‘ललितपुरको हरिसिद्धि नाच दोलखामा पनि लाने गरिएको’ उल्लेख भएकोले यस वर्षबाट दोलखामा यो नाच ल्याइएको संस्कृतिबिद्को भनाइ छ । नाँच अन्तर्गत विधिपूर्वक पूजा गरी देवगणहरुले राजकुलेश्वरस्थित तलेजु मन्दिर नजिकैको चक्र डबलीमा पौराणिक नाच प्रदर्शन गरेका थिए ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

Share This

Share This

Share this post with your friends!