गैंडाकोटको थुम्सीमा ट्रक र बस ठोक्किँदा ३ को मृत्यु, २७ घाइते

नवलपरासी पूर्व — महेन्द्र राजमार्गअन्तर्गत गैंडाकोटको थुम्सीमा बस र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा २७ जना घाइते भएका छन् । मृतकहरूको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

डीएसपी दिलिप गिरीका अनुसार दुर्घटनामा ट्रक चालक र बस चालकसहित २७ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको चितवनमा उपचारका क्रममा मृत्यु भएको डीएसपी गिरीले बताए । त्यस्तै घाइतेमध्ये ३ जनाको गम्भीर रहेको उनले जानकारी दिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
>