नेपालले युगान्डाविरुद्धको महिला टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा पहिलो जित निकालेको छ ।
टियु क्रिकेट मैदानमा शुक्रबार भएको चौंथो खेलमा युगान्डालाई १५ रनले हराउँदै नेपालले पहिलो जित निकालेको हो । नेपालले दिएको ९८ रनको लक्ष्य पछ्याएको युगान्डाले निर्धारित१८ ओभरमा ८ विकेट गुमाएर ८२ रन मात्र बनाउन सक्यो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १७ ओभर ५ बलमा अलआउट हुँदै ९७ रन बनाएको थियो । मैदान ओसिलो भएको कारण ढिला सुरु भएपछि खेल १८ ओभरमा घटाईएको थियो । यस जितसँगै नेपालले सिरिज क्लिन स्विप हुनबाट जोगाएको छ । तर, पाँच खेलको सिरिजमा नेपाल ३–१ ले पछि रहेको छ । युगान्डाले सिरिज यस अघि नै जितिसकेको छ । पहिलो पटक घरेलु मैदानमा सिरिज खेलिरहेको नेपालले युगान्डासँग शनिबार अन्तिम टी–ट्वान्टी खेल खेल्ने छ ।
सम्बन्धित समाचारहरु:
मौद्रिक नीति निकै सन्तुलित रूपमा आएको छ : अध्यक्ष यादव
कस्ताे आउला मौद्रिक नीति ?, आज सार्वजनिक हुने
सरकारद्वारा ३३ निर्माण व्यवसायीको इजाजतपत्र खारेज
गर्मीमा बरफ हालेको पानी पिउनुहुन्छ ? यसले तपाईंलाई धेरै समस्या निम्त्याउन सक्छ !
‘मैले १६२, १६४ किलोमिटर प्रतिघण्टाको गतिमा बलिङ गरेँ तर तिनीहरू गणना भएनन्': पूर...
इटहरी गोल्डकपः त्रिभुवन आर्मी सेमिफाइनलमा