विराटनगर । मोरङको बेलबारी – १ मा श्रीमतीको हत्या गरेपछि श्रीमानले पनि आत्महत्या गरेका छन् । बेलबारी १ मा ५० वर्षीय बम बहादुर लिम्बुले ४५ बर्सिया श्रीमती गीता लिम्बुको मंगलबार राति १ बजे हत्या गरेको मोरङ प्रहरीले जानकारी दिएका छन् ।
घरायसी विवादका कारण बम बहादुरले धारिलो हतियार प्रहार गरी श्रीमती हत्या गरेको प्रहरीको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको छ । श्रीमतीको हत्या गरेपछि श्रीमान् बहादुरले पनि घाँटीमा धारिलो हतियारले रेटेको प्रहरीले बतायो ।
उपचारको क्रममा विराटनगरस्थित नोबेल हस्पिटलमा श्रीमान् बम बहादुरको पनि मृत्यु भएको छ । घटनास्थलमा अहिले इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षकको नेतृत्वको टोलीले अनुसन्धान गर्दै आएको छ ।
सम्बन्धित समाचारहरु:
त्रिशुली बस दुर्घटनाः मृतकको संख्या १५ पुग्यो, ४७ जना अझै बेपत्ता
सुनको मूल्यमा सामान्य गिरावट
कास्की पहिरो अपडेट : एकै परिवारका सातसहित नौ जनाको मृत्यु
मुलुकको बिकासका लागि सबै गम्भीर भएर लग्नु पर्छ : मन्त्री ज्ञानेन्द्रबहादुर कार...
लोकतन्त्र बचाउन लाग्दा मधेसको शिक्षा र स्वास्थ्य ध्वस्त भयाे : पूर्वराष्ट्रपति य...
भरतपुर अस्पतालमा बहिरङ्ग टिकट पाउनै मुस्किल