सांसदले बोल्नुपर्ने सहकारी र सुनमात्र हो : डा.तोसिमा कार्की

सारांश :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीले संसद्‌मा बोल्न नपाएको गुनासो गरेकी छन् ।

आज बुधबारको प्रतिनिधि सभा बैठकमा सांसद कार्कीले आकस्मिक समय माग गरेकी थिइन् । तर सभामुख देवराज घिमिरेले आफूले समय नदिएको र सभामुखबाट समय नपाइ बोल्न नपाइने भनी उनलाई बस्न आग्रह गरेका थिए ।

प्रतिनिधि सभा नियमावलीमा ढ्यापढ्याप गरेर आकस्मिक समय माग गर्ने व्यवस्था रहेको र त्यसअनुसार आफूले समय माग गर्दा नपाएको भन्दै उनले सामाजिक सञ्जालमार्फत असन्तुष्टि समेत व्यक्त गरेकी छन् ।

उनले फेसबुकमा लेखेकी छन्, ‘नियमावली अनुसार संसद्‌मा ढ्यापढ्याप गरेर आकस्मिक समय माग गर्ने व्यवस्था छ । प्रत्यक्ष भेटेरै पनि समय माग गर्न सकिन्छ । मैले दुवै प्रक्रियामार्फत आकस्मिक समय माग गरेँ । तर दिइएन ।’

संसद्‌मा पछिल्लो समय भइराखेको बहसप्रति समेत उनले प्रश्न उठाएकी छिन् । ‘संसद्‌मा बोल्नुपर्ने कुरा के हो ? सहकारी र सुनमात्र हो ? एकअर्कामाथि छेडखानी मात्र ?’ उनको प्रश्न छ ।

काठमाडौंका वीर अस्पताल, पाटन, कान्ति, टिचिङलगायत अस्पतालमा आमनागरिकले आईसीयू पाएका छैनन् । जसको कारण बिरामीहरूले ज्यान गुमाउनु परेको उल्लेख गर्दै उनले यही विषय संसद्‌मा बोल्न खोजेको बताएकी छन् । उनी लेख्छिन्, ‘‘अस्पतालमा आईसीयू पाइएन भन्दै आम नागरिकको रोदन छ । बिरामीहरूले ज्यान गुमाउनुपरेको छ । परिवारमा पर्ने दुःख भनिनसक्नु छ तर केही अस्पतालका आईसीयू खाली छन् । यसबारेमा संसद्‌मा बोल्न समय पाइँदैन ।’

उनले आईसीयू नपाएका बिरामीहरूको बिजोग रहेको र स्थिति दिनानुदिन गम्भीर हुँदै गएको बताइन् । समाधानका बारेमा संसद्ले निर्देशन दिन आवश्यक रहेको भनाई छ ।

उनले फेरि थपेकी छिन्ः ‘केही दिनअघि र आज निरन्तर आकस्मिक समय माग गरिरहँदा पनि पाइएन’ । ‘दिनदिनै डरलाग्दो भइरहेको यो स्थितिको गाम्भीर्यता र आकस्मिकताको मनन् नभएकोमा दुःख लाग्यो ।’

बुधवार विहान १ बजेर ४० मिनेट जाँदा पनि सामाजिक सञ्जाल फेसबुकमा राजु सुबेदीले लेखेको एउटा स्टाटसमा दुःख पोखेका थिए । जुन निकै भाइरल हुन पुग्यो । उनले लेखेको स्टाटसमा भनेका छन्ः रातको १ बजेर ४० मिनेट भयो !
म कान्ति बाल अस्पतालमा छु ।
११ बजेर ४० मा एउटा कल आयो । सेभ नभएको नम्बरबाट कल गर्नेले भन्नुभयो “बाग्लुंगको निसीखोलाबाट ल्याएकी ७ वर्षकी छोरी सिकिस्त छन् । बुटवलबाट चितवन ल्याएको चितवनले कान्तीमा रिफर गर्यो । र ,यहाँ ल्याएको यहाँ कसैले हेरिदिएन । हामीलाई अप्ठ्यारो पर्यो । मैले उहाँको फोन राखेर ,कान्तिमा फोन गरे । तर, उठेन । चिनेका सोही अस्पतालमा रहेका एकजना डाक्टरलाई फोन गरे । उनको पनि फोन स्विच अफ रहेछ ।

रातको १२ बजीसकेको थियो । बिरामीको नजिकका उहाँकै फेरि फोन आयो । उहाँले हारगुहारको शैलीमा भन्दैहुनुहुन्थ्यो लौ न बचाईदिनुपर्यो । म तुरून्तै गाडी निकालेर कान्ती पुगे । घरबाट ३० मिनेटमा अस्पताल पुग्दा बिरामीको अवस्था एकदमै नाजुक भईसकेको रहेछ ।

तुरून्तै भेनटिलेटर चाहिने बिरामीलाई अस्पतालले भर्ना नलिने अन्तै लैजानुस भनेपछि बेडमा त्यसै छाडीदिँदा बिरामी झन पछि झन नाजुक बनेको देखे । अस्पतालले बिरामीको परिवारको हारगुहारलाई नसुनेर बाहिरै लैजान भनिरहेको र बिरामीको अवस्था झन नाजुक भएर छटपटाईरहेको दृश्य कारूणीक थियो ।

मैले पनि त्यहाँ रहेका डाक्टरलाई बचाइदिनुहोस भनेर अनुनय बिनय गरे । तर, उनिहरू यति निर्दयी बनेर उभिए की मैले मान्छे यस्तो सम्म हुन्छ भन्ने कल्पना समेत गरेको थिईन । मलाई अस्पतालकै एकजना जुनियर कर्मचारीबाट एउटा आईसियू खाली भएको सुचना प्राप्त भएको थियो ।

सोही बेड छटपटाईरहेको त्यो बिरामीको प्राण जोगाउन प्रयाप्त थियो भन्ने बुझाईसहित पहल गरिदिन मैले आग्रह गरे । मेरो ठाउँबाट त्यो उपाय नलागेपछि माननीय देवेन्द्र पौडेलसहित ९ जना बाग्लुंगका नेतालाई फोन गरे । तर, रात छिप्पिएकाले पनि होला कसैको फोन उठेन ।

शक्तिमा पहँुच कमजोर हुँदा छटपटाईरहेको बिरामी अहिले कान्तिबाट फर्काएर एउटा निजी अस्पतालमा लैजादै छौ । सोचिरहेको छु “पहुँच नहुनेले यो देशमा पाउने सुविधा भनेको मतदान मात्रै हो ।”कामना गरौं ।

दिनानुदिन नेपालमा यस्ता कयौँ घटना घटिरहेका छन् । यो त एउटा उदाहरण मात्र हो । यहि विषयलाई लिएर डा.तोसिमा कार्कीले प्रतिनिधि सभा बैठकमा आवाज उठाउन खोजेकी थिइन् । तर, उनले बारम्बार समय माग गर्दा पनि उनलाई समय दिइएन । त्यसपछि उनले सामाजिक सञ्जालमा यस्तो लेख्दै आफ्नो आक्रोश पोखेकी हुन् ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!