जापानमा एक हजार नाघे स्ट्रेप्टोकोकल टक्सिक शक सिन्ड्रोम केस

सारांश :

काठमाडौँ । जापानमा सन् २०२४ मा स्ट्रेप्टोकोकल टक्सिक शक सिन्ड्रोमका केसहरू १ हजार नाघेको छ ।  राष्ट्रिय संक्रामक रोग संस्थानले यसबारेमा जानकारी गराएको हो ।

यस वर्षको शुरुदेखि नै देशमा सङ्क्रमितको प्रारम्भिक सङ्ख्या १ हजार १९ पुगेको एनआईआईडीको तथ्याङ्कले देखाएको छ । जसले विगतका वर्षहरूको तुलनामा यस गम्भीर ब्याक्टेरिया संक्रमणको फैलावटमा उल्लेख्य वृद्धि भएको देखाएको छ । एसटिएसस, जसलाई गम्भीर आक्रामक स्ट्रेप्टोकोकल संक्रमण पनि भनिन्छ ।

यो अचानक शुरु हुने रोग हो । जुन मुख्य रूपमा ग्रुप ए स्ट्रेप्टोकोकसको कारणले हुन्छ । प्रारम्भिक लक्षणहरूमा सामान्यतया घाँटी दुख्ने, ज्वरो आउने, भोक नलाग्ने, पखाला लाग्ने, बान्ता हुने र अन्य ग्यास्ट्रोइंटेस्टाइनल समस्याहरू साथै कम रक्तचाप जस्ता सेप्टिक लक्षणहरू समावेश हुन्छन् । यदि तुरुन्तै उपचार गरिएन भने यसले श्वासप्रश्वासको विफलता, कलेजो फेल, मिर्गौला फेल र बहु–अङ्ग फेल हुनसक्छ । यसको मृत्यु दर ३० प्रतिशत भन्दा बढी हुन्छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!