काठमाडौं । अफगानिस्तानमा महिला र बालिकाको अवस्था बिग्रँदो रहेको भन्दै अस्ट्रेलियाले ३ वटा खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला स्थगित गरेको छ ।
अफगानिस्तानमा महिला र बालिकाको अधिकार हनन भइरहेको भन्दै शृङ्खला स्थगित गर्ने निर्णय गरेको अस्ट्रेलियाले जनाएको छ । सरकारसँगको छलफलपछि यस्तो निर्णय लिएको क्रिकेट अस्ट्रेलियाले सामाजिक सञ्जाल एक्समा लेखेको छ । अस्ट्रेलिया र अफगानिस्तानबीचको ३ वटा खेलको टी–२० क्रिकेट शृङ्खला आउँदो अगस्टमा यूएईमा हुने तालिका थियो ।
सन् २०२१ को अगस्टमा सत्ता कब्जा गरेदेखि नै तालिबान नेतृत्वले अफगान महिला र बालिकाको शिक्षा तथा रोजगारसम्मको पहुँचमा प्रतिबन्ध लगाउने कडा आदेश जारी गर्दै आएको छ ।
सम्बन्धित समाचारहरु:
वैशाखमा तीन गते बाट स्ट्रिट वर्कआउट च्यालेज
जिम्बावे ए टिमविरुद्धको पहिलो टी २० खेलमा नेपाली टिम पराजित
ताप्लेजुङ गोल्डकप भदाै ३ गतेदेखि हुने
राष्ट्रिय पुरुष क्रिकेटका लागि अर्जुनको कप्तानीमा गण्डकीको टोली घोषणा
पपुवा न्यूगिनीसँग नेपाल पराजित
साफ च्याम्पियसिपः फाइनल खेलको टिकट बिक्री स्थगित, भाेलि नेपाल र बङ्गलादेश भीड्ने