काठमाडौं । अफगानिस्तानमा महिला र बालिकाको अवस्था बिग्रँदो रहेको भन्दै अस्ट्रेलियाले ३ वटा खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला स्थगित गरेको छ ।
अफगानिस्तानमा महिला र बालिकाको अधिकार हनन भइरहेको भन्दै शृङ्खला स्थगित गर्ने निर्णय गरेको अस्ट्रेलियाले जनाएको छ । सरकारसँगको छलफलपछि यस्तो निर्णय लिएको क्रिकेट अस्ट्रेलियाले सामाजिक सञ्जाल एक्समा लेखेको छ । अस्ट्रेलिया र अफगानिस्तानबीचको ३ वटा खेलको टी–२० क्रिकेट शृङ्खला आउँदो अगस्टमा यूएईमा हुने तालिका थियो ।
सन् २०२१ को अगस्टमा सत्ता कब्जा गरेदेखि नै तालिबान नेतृत्वले अफगान महिला र बालिकाको शिक्षा तथा रोजगारसम्मको पहुँचमा प्रतिबन्ध लगाउने कडा आदेश जारी गर्दै आएको छ ।
सम्बन्धित समाचारहरु:
चार हजार छ सय मिटर उचाइकाे मुस्ताङको लोमान्थाङमा गल्फ प्रतियोगिता
साफ यू-२० च्याम्पियनसिप : फाइनल प्रवेशका लागि आज भारत र बंगलादेश भिड्दै
एसिया कपमा पुग्न नेपाललाई युएईको सामान्य लक्ष्य
आईपिएल : राजस्थानमाथि गुजरातको रोचक जित
वैशाख १ गतेदेखि घलेगाउँको पर्यटन प्रवर्द्धन गर्न फुटबल प्रतियोगिता हुने
आयरल्याण्ड ‘ए’विरुद्ध टस जितेर बलिङ गर्दै नेपाल