काठमाडौं । अफगानिस्तानमा महिला र बालिकाको अवस्था बिग्रँदो रहेको भन्दै अस्ट्रेलियाले ३ वटा खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला स्थगित गरेको छ ।
अफगानिस्तानमा महिला र बालिकाको अधिकार हनन भइरहेको भन्दै शृङ्खला स्थगित गर्ने निर्णय गरेको अस्ट्रेलियाले जनाएको छ । सरकारसँगको छलफलपछि यस्तो निर्णय लिएको क्रिकेट अस्ट्रेलियाले सामाजिक सञ्जाल एक्समा लेखेको छ । अस्ट्रेलिया र अफगानिस्तानबीचको ३ वटा खेलको टी–२० क्रिकेट शृङ्खला आउँदो अगस्टमा यूएईमा हुने तालिका थियो ।
सन् २०२१ को अगस्टमा सत्ता कब्जा गरेदेखि नै तालिबान नेतृत्वले अफगान महिला र बालिकाको शिक्षा तथा रोजगारसम्मको पहुँचमा प्रतिबन्ध लगाउने कडा आदेश जारी गर्दै आएको छ ।
सम्बन्धित समाचारहरु:
घरेलु टोली नेपाल साफ यू–२० च्याम्पियनसिपको सेमिफाइलनमा
आयरल्याण्ड ‘ए’विरुद्ध टस जितेर बलिङ गर्दै नेपाल
अध्यक्ष दाहालद्वारा जापान जाने खेलाडीको बिदाइ
एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगितामा महिलातर्फ विजयीको स...
यु–१९ राष्ट्रिय भलिबल : सुदूरपश्चिम समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश
नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द