काठमाडौं । सत्तारुढ गठबन्धनको न्यूनतम नीतिगत र साझा सङ्कल्प सार्वजनिक गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गठबन्धनमा आवद्ध शीर्ष नेताहरुको उपस्थितीमा उक्त सङ्कल्प सार्वजनिक गरिएको हो ।
जनतामा रहेको निराशा चिर्दै आशा र भरोसा कायम गर्ने लक्ष्य राखिएको सङ्कल्पमा नेपाली जनताको सर्वोपरी हितलाई केन्द्रमा राखिएको छ । सत्तारुढ गठबन्धनमा नेपाल कम्युनिष्ट पार्टी एमाले, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी समावेश छन् ।
सम्बन्धित समाचारहरु:
घरघर जाऔं, कांग्रेस जिताऔं अभियान उत्साहका साथ सम्पन्न
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहका समर्थक दरबारमार्गमा कुटिए
मन्त्रिपरिषद् विस्तारका लागि बैठक बस्दै
प्रधानमन्त्री ओलीले भनेः संस्कृतिभित्र राजनीतिको रोटी सेक्ने प्रवृत्ति गलत हो
निर्धारित मितिमै स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन हुने
नेपालले वातावरणीय व्यवस्थापनमा उल्लेखनीय प्रगति गरेको छः मन्त्री बस्नेत