आगामी निर्वाचनमा अग्रगमनकारी शक्तिलाई विजयी गराउनुपर्छ – उपमहासचिव जगन्नाथ खतिवडा

सारांश :

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडाले आगामी निर्वाचनमा अग्रगमनकारी शक्तिलाई विजयी गराउनुपर्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा समाजवादी प्रेस सङ्गठन नेपालको उपत्यकास्तरीय प्रचार भेलालाई सम्बोधन गर्दै खतिवडाले मुलुकमा प्रतिगमन शक्तिले असंवैधानिक गतिविधि गरेकाले अग्रगमनकारी शक्तिलाई विजयी गराउनुपर्ने बताएका हुन् ।

उनले नेता खतिवडाले संविधानको रक्षा गर्दै प्रतिगमनविरुद्ध गठबन्धन बनाएकाले आसन्न निर्वाचनमा साझा उम्मेदवारले सफलता प्राप्त गर्ने दावी गरे । स्थानीय निर्वाचनबाट धेरै कुरा सिक्दै त्यसको प्रयोग आम निर्वाचनमा गर्ने उनले बताए । उनले स्थानीय तहको घोषणपत्रमा पार्टीले निकै राम्रो काम समावेश गरेको दावी गरे ।

त्यस्तै समाजवादी प्रेस सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठले संविधानको रक्षाका लागि क्रियाशील भई पाँच दलीय गठबन्धनका नीति तथा कार्यक्रलाई जनतामाझ पुर्याउनुपर्ने बताएका छन् ।

सङ्गठनका वरिष्ठ उपाध्यक्ष विश्वमणि सुवेदीले स्थानीय तहको निर्वाचनमा गठबन्धनका साँझा उम्मेदवारका विचारलाई मतदातासम्म लगेर अग्रगमनका पक्षमा जनमत बनाउनुपर्नेमा जोड दिए ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

>
Share This

Share This

Share this post with your friends!