नेकपा एमालेको स्थानीय तह निर्वाचनको घोषणापत्रलाई कार्यदलले बिहीबारअन्तिम रुप दिने

सारांश :

नेकपा एमालेको स्थानीय तह निर्वाचन घोषणापत्र मस्यौदा कार्यदलले बिहीबार घोषणापत्रलाई अन्तिम रुप दिने भएको छ ।

पार्टी कार्यालय थापाथलीमा बुधबार बसेको कार्यदलको बैठकमा स्थानीय तह निर्वाचन घोषणापत्रको मस्यौदामा छलफल भएको र सम्भवतः बिहीबार अन्तिम रुप दिने एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । कार्यदलमा मस्यौदाका बिषयमा बिस्तृत रुपमा छलफल भएको उनले बताएका छन् ।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा एमालेले सात सदस्यीय कार्यदल गठन गरेको थियो । घोषणापत्र वैशाख ९ गते पार्टी स्थापना दिवसको अवसरमा सार्वजनिक गर्ने र सोही दिन ७५३ वटै पालिकामा प्रतिबद्धतापत्र सार्वजनिक गर्ने एमालेको तयारी छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

>
Share This

Share This

Share this post with your friends!