काठमाडौं । एसियाली विकास बैंक (एडिबी) ले श्रीलङ्काका साना तथा मझौला उद्यमहरू (एसएमई) लाई वित्तमा थप पहुँच प्राप्त गर्न र आर्थिक सङ्कट तथा जलवायु परिवर्तनजस्ता बाह्य झट्काहरूसँग लचिलोपन बनाउन १० करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको छ ।
एडिबीका अनुसार श्रीलङ्काका साना तथा मझौला उद्योगहरूले ४५ प्रतिशत रोजगारी प्रदान गर्छन् र कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा ५२ प्रतिशत योगदान गर्छन् ।
सहभागी वित्तीय संस्थाहरूमार्फत एडिबीले निर्यात, पर्यटन, प्रविधि, कृषि र उत्पादन क्षेत्रमा कम सेवा भएका एसएमईहरूका लागि पाँच करोड डलर लाइन अफ क्रेडिट खोल्नेछ । यसले महिला नेतृत्वका एसएमईका लागि ग्यारेन्टी अनुदान समेट्न पाँच लाख अमेरिकी डलरको विशेष सुविधा स्थापना गर्नेछ । एजेन्सी
सम्बन्धित समाचारहरु:
रफाह क्रसिङ्ग पुनःखोल्न तयार रहेको प्यालेस्टिनी राष्ट्रपतिको भनाइ
नाइजेरियामा बन्दुकधारीद्वारा २६ जनाको हत्या, दर्जनौं अपहरित
थाईल्याण्डमा विमान दुर्घटना, नौ जनाको मृत्यु
म्यान्मामा डुङ्गा डुब्दा ११ जनाको मृत्यु, १९ वेपत्ता
गाजामा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ३१ हजार नाघ्यो
पाकिस्तान र इरानबाट दुई हजार बढी अफगान आप्रवासी निर्वासित