दीर्घकालीन हित सुरक्षा र आवश्यकता अनुरुप समग्र नदी जलस्रोतको सदुपयोग गर्नुपर्छ -सांसद भीम रावल

सारांश :

नेकपा (एमाले)का सांसद भीम रावलले नेपालको समग्र दीर्घकालीन हित सुरक्षा र आवश्यकता अनुरुप समग्र नदी जलस्रोतको सदुपयोग गरिने नीति स्पष्ट पार्नुपर्ने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलमा भाग लिँदै नेता रावलले कोशी, गण्डकी, कर्णाली र महाकाली नदी विदेशीको हातमा जाने गरी विगतमा भएका सन्धिसम्झौतामा भएका गल्ती दोहोरिन नदिइ दीर्घकालीन हित सुरक्षा र आवश्यकता अनुरुप समग्र नदी जलस्रोतको सदुपयोग गरिने नीति स्पष्ट गर्नुपर्ने बताए । रणनीतिक महत्वका नदीनाला विदेशीको हातमा सुम्पिने नीतिमा परिवर्तन गर्ने कुरा प्रस्तुत नीति तथा कार्यक्रममा कहि कतै पनि नभेटिएको उनको भनाई छ । रावलले अर्थतन्त्रलाई सुरक्षित गर्ने कुनै योजना सरकारले ल्याउन नसकेको तर्क गरेका छन् । उनले जनशक्तिको स्वदेशमै परिचालन गर्न सरकारले उचित कार्यक्रम ल्याउनुपर्ने धारणा राखेका छन् । कृषि उत्पादन र कृषि उत्पादकत्व बढाउने नीति प्राथमिकतामा राख्नुपर्ने उनको सुझाव छ ।

त्यस्तै नेपाली कांग्रेसका सांसद डा मिनेन्द्र रिजालले अर्थतन्त्रको समस्या अहिलेको सरकारका कारण नभई पहिलेदेखिकै समस्या भएको बताए । उनले संरचनागत रुपमा अर्थतन्त्रका बिषयमा छलफल हुनुपर्ने बताएका छन् । रिजालले आफ्नो समस्यालाई अर्काको टाउकोमा हालेर समस्या समाधान नहुने तर्क गरेका छन् ।

त्यस्तै माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले सामुदायिक हित, नीजि क्षेत्र र राज्यको भूमिकाका बिषयमा सहि ढंगले परिभाषित गर्नुपर्ने अवस्था आएको बताएका छन् । उनले नया आर्थिक बिकासका लागि प्राथमिकताका स्थानलाई महत्व दिएर कार्यक्रम तय गर्नुपर्ने धारणा राखे ।

उनले कृषिबाट युवाशक्ति बेरोजगारी र वैदेशिक रोगजारीमा आकर्षित भएको भन्दै कृषि क्षेत्रको रुपान्तरण आजको आवश्यकता रहेको बताएका छन् ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

>
Share This

Share This

Share this post with your friends!