स्काउट समय सापेक्ष हुन जरुरीः खेलकुदमन्त्री श्रेष्ठ

सारांश :

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले स्काउट समय सापेक्ष हुन जरुरी रहेको बताएका छन् । बुधवार नेपाल स्काउटको ७३ औं स्थापना दिवसको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले २१ औं शताब्दीमा स्काउट कस्तो हुनुपर्छ भन्ने हिसावले अघि बढ्न आवश्यक रहेको बताए । उनले स्काउट समय सापेक्ष बनाउँदा आफ्नो धर्म र मर्म बिर्सिनु नहुने बताए । उनले केका लागि स्थापना भएको हो ? भन्नेकुरा नबिर्सिकन स्काउटले समय सापेक्ष रुपमा अघि बढ्न आवश्यक रहेको बताए । उनले स्काउटका सम्पतीहरुको जगेर्ना गर्न विशेष ध्यान दिनुपर्ने बताए ।

उनले भने, ‘स्काउट समय सापेक्ष पनि हुनुपर्छ । २१ औं शताब्दीमा स्काउट कस्तो हुनुपर्छ । यो भन्दै गर्दा स्काउटको मूल्य मान्यताहरु नबिर्सिकन, आफ्नो जरा नबिर्सिकन । धेरै जसो संस्थाहरु समय सापेक्ष हुने क्रममा आफू को हो ? र केका लागि स्थापना भएको पनि बिर्सिने चलन छ । तर स्काउटले २१ औं शताब्दी सापेक्ष हुने तर आफ्नो जरा नबिर्सिकन, आफ्नो माटो नबिर्सिने पनि हुनुपर्छ । अबको आवश्यकता भनेको डिजिटल लिट्रेसी पनि हो ।’

उनले स्काउटले दिगो विकासको लक्ष्य प्राप्तिका लागि स्काउट राम्रो संगठन भएको बताए ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!