मुलुक र जनताका आवश्यकता आधारमा बजेट बनाउनु पर्छ – नेता झलनाथ खनाल

सारांश :

नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले मुलुक र जनताका आवश्यकता आधारमा बजेट बनाउन सुझाव दिएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिदैं खनालले सामाजिक, आर्थिक रुपान्तरण गर्नेगरि बजेट आउनुपर्ने समेत बताएका छन् । उनले मुलुकमा आमूल परिवर्तन भए तर आमूल परिवर्तनको महसुस जनताले गर्न नसकेको भन्दै जनताले महसुस गर्ने कार्यक्रम ल्याउनुपर्ने धारणा राखेका छन् । खनालले राज्यको तीनखम्बे अर्थनीतिलाई आगामी बजेटले स्वीकार्नुपर्ने बताए । कृषिक्षेत्रलाई आधुनिकीकरण र यान्त्रिकरणका साथै सबै स्थानीय तहको वडा वडामा कृषि बजार स्थापना गर्न जरुरी रहेको उनले बताए । खनालले दुई छिमेकीसंगको सम्बन्धलाई संवेदनशिल ढंगले हेर्नुपर्ने उल्लेख गरेका छन् ।

त्यस्तै जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई भारतसँगको असमान व्यापारलाई सुधार गर्नुपर्ने बताएका छन् । भारतबाटै नेपालले सामान आयात निर्यात गर्नुपर्ने बाध्यता रहेको भन्दै उहाले व्यपार घाटाको बिषयलाई समाधान गर्नुपर्ने उल्लेख गरेका छन् ।

उनले उत्पादनशिल क्षेत्रको पहिचान गरेर स्वदेशी वस्तुको प्रयोग र निर्यातमा ध्यान दिनुपर्ने बताएका छन् ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

>
Share This

Share This

Share this post with your friends!