छलफल गर्न बसेको सत्तागठबन्धन-बैठक बिनै निष्कर्षमा पुग्यो

सारांश :

महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख पदको उम्मेद्वारका बिषयमा छलफल गर्न बसेको सत्तागठबन्धनको बैठक बिना निष्कर्ष टुङ्गिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको गठबन्धनको बैठकमा सिट बाँडफाँटबारे छलफल भएपनि सहमति हुन नसकेको हो । बैठकमा विभिन्न विकल्पहरूमाथि छलफल भएपनि कुनै ठोस सहमति हुन नसकेको नेताहरुले जनाएका छन् । बैठकपछि सञ्चारमन्त्री एवं कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले स्थानीय निर्वाचनमा सत्तारुढ दलहरुबीच महानगर र उपमहानगरको नेतृत्व बाँडफाँटमा मंगलबार सहमति जुट्ने बताए । कार्कीले ६ वटा महानगर र ११ वटा उपमहानगरको प्रमुख र उपप्रमुखबारे सहमति नजिक पुगेको दावी गर्नुभयो । मंगलबार साढे ११ बजे गठबन्धनको बैठक बस्ने र सहमतिको खाका सार्वजनिक हुने उनले छन् । सबै महानगर र उपमहानगगरबारे वस्तुनिष्ठ छलफल भइरहेको भन्दै मन्त्री कार्कीले मंगलबार सुखद परिणाम आउने दावी गरे ।

तालमेलका लागि गठबन्धनले यसअघि नै सात बुँदे मापदण्ड जारी गरिसकेको छ । गठबन्धनले उक्त मापदण्डका आधारमा स्थानीय अवस्थाअनुसार चुनावी तालमेल गर्न तल्ला तहलाई निर्देशन गरेको छ भने केन्द्रबाट ६ महानगरपालिका र ११ वटा उपमहानगरपालिकाको सिट बाँडफाँड गर्ने तयारी छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!