काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले नेकपा एमालेका नेता सरोजकुमार यादवलाई भौतिक पूर्वाधार विकासमन्त्री नियुक्त गरेर मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।
नवनियुक्त मन्त्री यादवले शपथसमेत लिइसकेका छन् । प्रदेश प्रमुख सुमित्रा भण्डारीले उनलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।
मुख्यमन्त्री यादवले नेपाली कांग्रेसका भौतिक पूर्वाधार विकासमन्त्री कृष्ण प्रसाद यादवलाई बर्खास्त गरी एमालेका यादवलाई मन्त्री बनाएका हुन् ।
नयाँ सत्ता समीकरण अनुसार एमालेलाई प्रदेश सरकारमा सहभागी गराइएको हो ।
सम्बन्धित समाचारहरु:
सबै दलको छलफलबाट राजनीतिक निकास आउँछः मन्त्री अर्याल
एमाले नवलपुरकाे अध्यक्षमा जीवन श्रेष्ठ सर्वसम्मत निर्वाचित
आफ्नो जीत निश्चित छ - केशव स्थापित
प्रधानमन्त्री दाहालले भने : कानुनभन्दा माथि कोही छैन भन्ने भाष्य स्थापित भएको छ
मन्त्रिपरिषद बैठक अपराह्न ५ बजे बस्ने गरी बोलाइयो
मदन–आश्रित स्मृति दिवसले वामपन्थीबीच एकता गर्ने प्रेरणा दिन्छ: प्रचण्ड