नेपाल टी–ट्वान्टी लिगको घोषणा

सारांश :

नेपाल क्रिकेट संघ (क्यान) ले फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–ट्वान्टी लिगको घोषणा गरेको छ ।

क्यानले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगको औपचारिक रुपमा घोषणा गरेको हो । नेपालको आधिकारिक टी–ट्वान्टी लिग रहेको प्रतियोगिता असोज ८ गतेबाट सुरु हुने क्यानले जनाएको छ । टियु क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिताको फाइनल कात्तिक ५ गते हुनेछ । होम एण्ड अवेको आधारमा हुने प्रतियोगितामा ६ टोलीको सहभागिता रहने क्यानले जनाएको छ । प्रतियोगितालाई नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मान्यता दिईसकेको छ । २८ दिन सम्म चल्ने प्रतियोगीता होम अवेका आधारमा हुने क्यानका अध्यक्ष चतुर बहादुर चन्दले जानकारी दिए । उनले क्यानलाई आर्थिक रुपमा बलियो बनाउनका लागि र पर्यटकीय र व्यवसायिक हिसाबबाट नेपाली क्रिकेटले फड्को मार्ने विश्वास रहेको बताएका छन् ।

पत्रकार सम्मेलनमा युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले क्रिकेट खेलको बिकासका लागि पूर्वाधार निर्माणमा सरकारले कमी नगर्ने बताएका छन् ।

त्यस्तै नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले नेपाल टी–ट्वान्टी क्रिकेट लिग सबैका लागि ठुलो उपलब्धि भएको बताए । उनले प्रतियोगिताले खेलाडीलाई आर्थिक रुपमा सहयोग गर्ने र नयाँ खेलाडीलाई मद्दत गर्ने उल्लेख गरेका छन् ।

कार्यक्रममा क्यानले लिगका लागि सेभेन थ्री स्पोर्ट्ससँग सम्झौता गरेको छ । सेभेन थ्री स्पोर्ट्ससँग ८ वर्षको सम्झौता गरिएको क्यानले जनाएको छ । सम्झौता अनुसार सेभेन थ्री स्पोर्ट्सले क्यानलाई वार्षिक ३ करोड ३३ लाख नगद उपलब्ध गराउने छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!