प्रधानमन्त्री ओलीले भने : देशको अवस्थालाई उज्यालोतर्फ लैजानु अहिलेको आवश्यकता हो

सारांश :

प्रधानमन्त्री ओलीले भने : देशको अवस्थालाई उज्यालोतर्फ लैजानु अहिलेको आवश्यकता हो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अवस्थालाई उज्यालो तर्फ लैजानु अहिलेको आवश्यकता रहेको बताएका छन् ।

६२ औं इन्जिनियर्स दिवसका अवसरमा नेपाल इन्जिनियर्स एशोसीयसनले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिले देशको अवस्था राम्रो नभएको भन्दै त्यसलाई उज्यालो तर्फ लैजानु अहिलेको आवश्यकता रहेको बताएका हुन् ।

उनले देशको अवस्था राम्रो नभएपनि नेपाल र नेपालीको इतिहास गर्व गर्न लायकको रहेको धारणा राखे । उनले अहिले देशको अवस्था जस्तो भए पनि देशको भविष्य भने उज्वल भएकाले कुनै शंका नगरी देश निर्माणको काममा लाग्न आग्रह गरे । सरकाले हरेक क्षेत्रमा देखिएका समस्या समाधान गर्दै अघि बढ्ने उनको भनाइ छ ।

उनले इन्जिनियर्सहरुको समस्याप्रति गम्भीर भएको बताए । कार्यक्रमका बिभिन्न व्यक्तिहरुलाइ सम्मान गरिएको थियो ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!