अस्पतालको तीन तले झ्यालबाट खसेका बिरामीको मृत्यु

सारांश :

चितवन । चितवनस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा उपचाररत एक बिरामी तीन तलाको झ्यालबाट खस्दा मृत्यु भएको छ । नवलपरासीको हुक्सेकोट गाउँपालिका–२ का ७६ वर्षीय बलबहादुर खाम्चा मगरको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालयले पिसाब थैलीमा क्यान्सरसम्बन्धी उपचारका लागि खाम्चा मगर साउन २ गते अस्पताल भर्ना भएको जनाइएको छ । आज बिहान १०ः४० बजेको समयमा अस्पतालको ‘ए’ ब्लकको तेस्रो तलाको झ्यालबाट खसेका खाम्चा मगर गम्भीर घाइते भएका थिए । 

गम्भीर घाइते खाम्चा मगरको सोही अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!