काठमाडौं । नेपाली मनोरञ्जन दुनियाँमा सिक्वललाई सहज सफलताको सूचक मानिन्छ िनेपाली सिनेमामा सिक्वल बनाउने चलन निकै पुरानो हो । पहिलो सिनेमाले राम्रो कमाइ ग¥यो भने त्यही नामले दोस्रो भाग बनाउने गरिन्छ । यो प्रचलन बिस्तारै नेपाली लोक तथा सुगम सङ्गीतमा पनि सरेको छ ।
पछिल्लो केही वर्ष यता लोक तथा दोहोरी गीतमा पनि सिक्वल बन्ने गरेका छन् िनेपालको रत्यौली गीतको इतिहासमा सम्भवतः पहिलो पटक सिक्वल बनेको छ िएक साल पहिले रिलिज भएको मौलिक रत्यौली “च्याप्प पर्वते माया” को भाग दुई बजारमा आएको हो । पर्वते मायाको सफलताबाट हौसिएर सोही टीमका सदस्यहरू मिलेर बनाएको “बेइमानी लाहुरेले लाँदैन” बजारमा आएको छ ।
च्याप्प पर्वते मायाका गायक प्रवेश पौडेलले शब्द र संगीत सङ्कलन गरेको गीतमा पौडेल सँगै श्याम क्षेत्री, टिका सानु र समीक्षा अधिकारीको स्वर सुन्न सकिन्छ । याम थापा मगरले पहिलो पटक १४ वटा मादल प्रयोग गरेर संगीत भरेका छन् । दुर्गेश थापा, गरिमा शर्मा, रवि कार्की र गायिका सानु को अभिनय रहेको भिडियोको क्रोयोग्राफी तथा निर्देशन प्रविन थापाले गरेका हुन् ।
गीत तिलु शर्मा पौडेलको निर्माणमा तयार भएर उनको आफ्नै बाबा इन्टरटेन्मेट टिभी युट्युब च्यानलबाट रिलिज भएको छ । भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् भने प्रविन भट्टले सम्पादन गरेका हुन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।