हिजबुल्लाह–इजराइल द्वन्द्वले दक्षिण लेबनानमा ३५ करोड डलरको क्षति

सारांश :

एजेन्सी । लेबनानको दक्षिणी सीमामा हिजबुल्लाह–इजराइल द्वन्द्वले ३५ करोड अमेरिकी डलरको अप्रत्यक्ष लागत निम्त्याएको स्थानीय समाचार सेवा लेबनान न्युजले जनाएको छ ।

घर र पूर्वाधारको आंशिक र पूर्ण क्षतिका साथै कृषि भूमि जलेर क्षति भएको उक्त न्युजले जनाएको हाे । “करिब एक करोड वर्गमिटर कृषि भूमि र जङ्गल जलाइएको छ”, रिपोर्टमा भनिएको छ ।

अघिल्लो दिन इजराइलमाथि हमासको आक्रमणको समर्थनमा लेबनानी सशस्त्र समूह हिजबुल्लाहले इजराइलतर्फ दर्जनौँ रकेट हमला गरेपछि लेबनान–इजराइल सीमामा सन् २०२३ अक्टोबर ८ देखि तनाव बढेको छ । हिजबुल्लाहको आक्रमणको जवाफमा इजराइलले लेबनानको दक्षिणपूर्वतर्फ व्यापक तोप प्रहार गरेको थियो ।

लेबनानी सुरक्षा स्रोतहरूका अनुसार हिजबुल्लाह र इजराइलबीचको टकरावमा लेबनानी पक्षका तीन सय ६२ मानिस मारिएका छन् । ती मध्ये दुई सय ३८ हिजबुल्लाहका सदस्य र ७२ सर्वसाधारण रहेको बताइएको छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

>
Share This

Share This

Share this post with your friends!