मध्यपुर थिमि नगरपालिकाको नगरप्रमुखमा कांग्रेसका सुरेन्द्र श्रेष्ठ विजयी भएका छन् ।
श्रेष्ठ निकटतम् प्रतिद्वन्द्वी निवर्तमान नगरप्रमुख एमालेका मदनसुन्दर श्रेष्ठलाई ४०६३ मतले पराजित गर्दै नगरप्रमुखमा विजयी भएका हुन् । श्रेष्ठले १५ हजार ९८ मत प्राप्त गर्नुभयो भने मदनसुन्दरले ११ हजार ३५ मत प्राप्त गरेका छन् । उपप्रमुखमा नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले १२ हजार १ सय २ मत प्राप्त गरेका छन् । श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार उत्तरा नेपाललाई ३ हजार १३९ मतले पराजित गरेका छन् । बिजयपछि उहाहरुले मध्यपुर थिमिमा बिजयी जुलुस निकाल्नुभएको थियो । सो क्रममा नवनिर्वाचित मेयर श्रेष्ठले मतदातालाई धन्यवाद दिदै जनताको सेवामा काम गर्ने बताए ।
मध्यपुर थिमि नगरको वडा नम्बर १,२,३, ५, ६ र ९ कांग्रेस, ४ र ७ एमाले, ८ वडामा नेमकिपाका उम्मेदवारले वडाध्यक्षमा विजयी हासिल गरेको छ ।