आज घर फर्कंदै नेपाली टोली

सारांश :

काठमाडौँ ।  टि ट्वान्टी विश्वकपको समूह चरणबाट बाहिरिएको नेपाली राष्ट्रिय क्रिकेट टोली  आज फर्कंदै छ । सेन्ट भिन्सेन्टबाट अमेरिकाको‌ फ्लोरिडा त्यसपछि कतारको दोहा हुँदै बिहीबार काठमाडौं पुग्नेछ । हवाई टिकटका कारण टोली दुई समूह गरेर काठमाडौं पुग्ने बताइएको छ ।

विश्वकप तयारीकै सिलसिलामा गएको नेपाली टोली झन्डै डेढ महिनापछि स्वदेश फर्कन लागेको हो । सुरुमा नेपालबाट फ्लोरिडा पुगेको नेपाली टोली ३ वटा अभ्यास खेलका लागि सेन्ट भिन्सेन्ट गएको थियो ।

विन्डवार्ड भोलक्यानोजसँँग २-१ को जितपछि थप २ अभ्यास खेलका लागि टेक्सासको हुस्टन पुगेको थियो । त्यहाँ हुस्टन हरिकन्सलाई २-० ले हराएपछि टोली विश्वकपका लागि डालास पुगेको थियो । त्यसपछि नेपाली टोलीले वार्नअपसहित कुनै खेल जितेन ।

जुन २७ मा क्यानाडासँगको वार्म अप खेल हारेको नेपाली टोलीले जुन ४ मा नेदरल्यान्ड्ससँगको विश्व कपको पहिलो खेल ६ विकेटले गुमाएको थियो । जुन ११ मा श्रीलंकासँगको खेल वर्षाका कारण रद्द भएपछि टोली जुन १३ मा सेन्ट भिन्सेन्ट पुगेको थियो ।

जुन १४ मा दक्षिण अफ्रिकासँगको रोमान्चक खेलमा १ रनले पराजित भएसँगै नेपाली टोली विश्वकपको समूह चरणबाटै बाहिरिएको थियो । समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग २१ रनले पराजित भएपछि नेपालले विश्वकप यात्राको अन्त्य गरेको छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!