इजरायली बमबारीबाट गाजामा नौ प्यालेस्टिनीको मृत्यु, दर्जनौँ घाइते

सारांश :

एजेन्सी ।  गाजा शहरमा विस्थापितहरूको एक विद्यालयको आवास गेटमा भएको इजरायली बमबारीमा कम्तीमा नौ प्यालेस्टिनीको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको प्यालेस्टिनी सुरक्षा र चिकित्सा स्रोतहरूले जनाएका छन्  ।


इजरायली विमानले दर्जनौँ विस्थापित परिवारहरू बस्ने गाजा सहरको अल–रिमाल छिमेकमा रहेको विद्यालयको गेटमा कम्तीमा एउटा मिसाइलले बम प्रहार गरेको प्यालेस्टिनी सुरक्षा स्रोतले जनाएको छ ।

गाजा–आधारित स्वास्थ्य अधिकारीहरूले अन्तर्राष्ट्रिय समुदायलाई स्वास्थ्य प्रणाली बचाउन, अस्पतालहरूको कार्यप्रणाली सुनिश्चित गर्न आवश्यक सहयोग र जेनेरेटरहरू खरिद गर्न आह्वान गरका छन् । स्वास्थ्य अधिकारीहरूले अस्पतालहरूलाई आवश्यक विद्युतीय ऊर्जा आपूर्ति गर्न करिब नौ महिनादेखि डिजेल जेनेरेटरमा भर परेको एक प्रेस विज्ञप्तिमार्फत जनाएका छन् । मन्त्रालयले इजरायली सेनाले केही जेनेरेटरहरू ध्वस्त बनाएको र प्रत्यक्ष बमबारी गरेको बताएको छ ।

इजरायलले सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायली सिमानामा हमासको आक्रमणको बदला लिन गाजा पट्टीमा हमासविरुद्ध ठूलो मात्रामा आक्रमण सुरु गरेको थियो । यसमा लगभग एक हजार दुई सय मानिस मारिएका थिए भने दुई सय ५० जनालाई बन्धक बनाइएको थियो ।

यसबाट कूल मृत्यु हुनेको सङ्ख्या ३८ हजार सात सय ९४ पुगेको र सन् २०२३ को अक्टोबरमा प्यालेस्टिनी–इजरायली द्वन्द्व सुरु भएदेखि ८९ हजार तीन सय ६४ जना घाइते भएको गाजास्थित स्वास्थ्य अधिकारीहरूले एक विज्ञप्तिमा भनेका छन् ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!