काठमाडौंको हाँडीगाउँमा गहना खोज्ने जात्रा सम्पन्न भएको छ ।
टुँडाल देवीको खटलाई हाँडीगाउँस्थित गहना पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि पोखरीमा देवीको गहना खोज्ने गरिन्छ । त्यस क्रममा पोखरीबाहिर टुँडाल देवीकी बैनीको खटलाई पनि परिक्रमा गराइन्छ । उक्त अवसरमा भाटभटेनीको मूर्ति टुँडालदेवी मन्दिरमा ल्याउने चलन छ । किंवदन्तीअनुसार छोरी भाटभटेनीले आमा टुँडालदेवीलाई भेट्न जाँदा गोप्य सम्बन्ध रहेका पोडेसँग घुम्न हिँडेकी देखिछन् । यसबाट रिसाएकी छोरी भाटभटेनी राति नै फर्किएको थिइन् । त्यतिबेला नै हराएको गहना प्रत्येक वर्ष खोज्ने र जात्रा लगाउने चलन चलेको संस्कृतिविदको भनाई छ ।
सम्बन्धित समाचारहरु:
होली पर्वमा जबरजस्ती रङ्ग दल्नेलाई कानुनी कारबाही गरिने
योजना आयोगले रोजगारीका कार्यक्रम प्रस्तुत गरोस् : प्रधानमन्त्री
बुधबार देशभर मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
द्यो स्वगं पूजा (सगुन जात्रा) धुमधामका साथ मनाइयो
बिस्का जात्राको चौथो दिनमा हात नभएको लिङ्गो ठड्याइयो
हेरौ गायक प्रमोद खरेल को बारेमा केही कुराहरु