काठमाडौंको हाँडीगाउँमा गहना खोज्ने जात्रा सम्पन्न भएको छ ।
टुँडाल देवीको खटलाई हाँडीगाउँस्थित गहना पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि पोखरीमा देवीको गहना खोज्ने गरिन्छ । त्यस क्रममा पोखरीबाहिर टुँडाल देवीकी बैनीको खटलाई पनि परिक्रमा गराइन्छ । उक्त अवसरमा भाटभटेनीको मूर्ति टुँडालदेवी मन्दिरमा ल्याउने चलन छ । किंवदन्तीअनुसार छोरी भाटभटेनीले आमा टुँडालदेवीलाई भेट्न जाँदा गोप्य सम्बन्ध रहेका पोडेसँग घुम्न हिँडेकी देखिछन् । यसबाट रिसाएकी छोरी भाटभटेनी राति नै फर्किएको थिइन् । त्यतिबेला नै हराएको गहना प्रत्येक वर्ष खोज्ने र जात्रा लगाउने चलन चलेको संस्कृतिविदको भनाई छ ।
सम्बन्धित समाचारहरु:
विभिन्न कार्यक्रम गरी शुक्रबार विश्व पृथ्वी दिवस मनाइयो
ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा एक जनाको मृत्यु
सुशान्त सिंह राजपूत मृत्यु प्रकरण: सीबीआईले आरटीआई प्रश्नमा जानकारी प्रदान गर्न ...
नयाँ वर्षको दिन भेलुखेलमा योसिंद्यो ढालियो
होली पर्वमा जबरजस्ती रङ्ग दल्नेलाई कानुनी कारबाही गरिने
गोविन्द वियोगी पत्रकारिता पुरस्कार राजेन्द्र बानियाँलाई प्रदान