काठमाडौंको हाँडीगाउँमा गहना खोज्ने जात्रा सम्पन्न भएको छ ।
टुँडाल देवीको खटलाई हाँडीगाउँस्थित गहना पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि पोखरीमा देवीको गहना खोज्ने गरिन्छ । त्यस क्रममा पोखरीबाहिर टुँडाल देवीकी बैनीको खटलाई पनि परिक्रमा गराइन्छ । उक्त अवसरमा भाटभटेनीको मूर्ति टुँडालदेवी मन्दिरमा ल्याउने चलन छ । किंवदन्तीअनुसार छोरी भाटभटेनीले आमा टुँडालदेवीलाई भेट्न जाँदा गोप्य सम्बन्ध रहेका पोडेसँग घुम्न हिँडेकी देखिछन् । यसबाट रिसाएकी छोरी भाटभटेनी राति नै फर्किएको थिइन् । त्यतिबेला नै हराएको गहना प्रत्येक वर्ष खोज्ने र जात्रा लगाउने चलन चलेको संस्कृतिविदको भनाई छ ।
सम्बन्धित समाचारहरु:
सत्तारुढ गठबन्धनले अन्य दलहरुसंग भएको चूनावी तालमेल तत्काल खारेज गर्ने
शुक्रबारबाट राष्ट्रिय ललितकला प्रदर्शनी सुरु
ठूला भनिएका दलहरुको कारण मुलुकमा बेरोजगार उत्पादन हुन थाल्यो - अध्यक्ष राजेन्द्...
आगलागीमा परी घाइते भएका बाबुछोरीको मृत्यु
बुद्धकृष्ण वागश्रेष्ठले नवौँ पटक जिब्रो छेडे
गोविन्द वियोगी पत्रकारिता पुरस्कार राजेन्द्र बानियाँलाई प्रदान