काठमाडौंको हाँडीगाउँमा गहना खोज्ने जात्रा सम्पन्न भएको छ ।
टुँडाल देवीको खटलाई हाँडीगाउँस्थित गहना पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि पोखरीमा देवीको गहना खोज्ने गरिन्छ । त्यस क्रममा पोखरीबाहिर टुँडाल देवीकी बैनीको खटलाई पनि परिक्रमा गराइन्छ । उक्त अवसरमा भाटभटेनीको मूर्ति टुँडालदेवी मन्दिरमा ल्याउने चलन छ । किंवदन्तीअनुसार छोरी भाटभटेनीले आमा टुँडालदेवीलाई भेट्न जाँदा गोप्य सम्बन्ध रहेका पोडेसँग घुम्न हिँडेकी देखिछन् । यसबाट रिसाएकी छोरी भाटभटेनी राति नै फर्किएको थिइन् । त्यतिबेला नै हराएको गहना प्रत्येक वर्ष खोज्ने र जात्रा लगाउने चलन चलेको संस्कृतिविदको भनाई छ ।
सम्बन्धित समाचारहरु:
अजय देवगनकी छोरी न्यासा देवगन को तस्बिर वइरल
सिन्दुर जात्रा भक्तपुरको मध्यपुरथिमिमा हर्षोल्लासका साथ मनाइयो
नयाँ वर्षको दिन भेलुखेलमा योसिंद्यो ढालियो
प्रधानमन्त्री दाहाल: सूचना प्रविधिको विकासबाट मुलुकलाई समृद्ध बनाउन सकिन्छ
बुधबार देशभर मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
किन इलेक्ट्रिक स्कुटरहरूले आगो समात्दै छन् र कसरी समस्या समाधान गर्ने