बर्न, स्विट्जरल्यान्ड । स्विट्जरल्यान्डमा शान्ति शिखर सम्मेलनको समापनपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गैरकानुनी रूपमा विस्थापित तथा हिरासतमा रहेका बालबालिका र सबै युद्धबन्दीलाई युक्रेनमा फिर्ता गर्नुपर्ने बताएका छन् ।
युक्रेनमा युद्धको अन्त्य गर्ने मार्ग निर्माण गर्न समर्पित स्विजरल्याण्डमा दुई दिने शिखर सम्मेलनमा सहभागी ८० भन्दा बढी अन्य देशहरू र अन्तर्राष्ट्रिय संस्थाहरू सहमत भएपनि केही तर प्रमुख शक्ति राष्ट्रहरूले संयुक्त विज्ञप्ति जारी गर्न अस्वीकार गरेका थिए ।
युद्धबन्दीको आदानप्रदानद्वारा सबैलाई रिहा गरिनुपर्ने, निर्वासित र गैरकानुनी रूपमा विस्थापित युक्रेनी बालबालिका, र हिरासतमा राखिएका सबै युक्रेनी नागरिकलाई युक्रेनमा फिर्ता गर्नुपर्ने सम्मेलनपछि पत्रकारसँगको कुराकानीमा उनले बताए ।
आणविक सुविधाहरू सुरक्षित गरिनुपर्ने र जापोरिज्झयालगायतका आणविक संयन्त्रहरू युक्रेनको नियन्त्रणमा हुनुपर्ने पनि उनले बताए ।
युक्रेनले ब्ल्याक र अजोभ सीमा व्यापारिक जहाज र नागरिक बन्दरगाह पूर्वाधारमा भएका आक्रमणलाई ‘अस्वीकार्य’ भन्दै निन्दा गरेको छ । उनले खाद्य सुरक्षालाई युद्धमा हतियारको रूपमा प्रयोग नगर्न पनि जोड दिए ।
भारत, साउदी अरब, दक्षिण अफ्रिका र संयुक्त अरब इमिरेट्सलगायत ब्रिक्स आर्थिक समूहका सदस्यको रूपमा रुससँग व्यापारिक सम्बन्ध भएकाहरु बैठकमा सहभागी भएपनि संयुक्त वक्तव्यमा हस्ताक्षर गर्न सहमत भएनन् ।
जुन १५ र १६ मा सञ्चालित शान्ति शिखर सम्मेलनमा रूसलाई युक्रेनसँगको युद्ध अन्त्य गर्न दबाब दिन ९२ देश र सङ्गठनका प्रतिनिधि भेला भएका थिए भने रूसलाई निमन्त्रणा गरिएको थिएन । चीन शिखर सम्मेलनबाट बाहिरिएको थियो ।
सम्बन्धित समाचारहरु:
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts