प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले संसद्को अवरोध हटाएको छ ।
मङ्गलबारदेखि सुरु भएको प्रतिनिधिसभाको बजेट अविधेशनबाट एमाले सदनको अवरोध हटाएको हो । बैठकमा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले अबदेखि सदन अवरोध नगर्ने र विरोधको स्वरुपलाई परिवर्तन गर्ने बताए । उनले मुलुकको अर्थतन्त्र सङ्कटमा रहेको र यसबारे संसद्मा छलफल हुनुपर्ने भएकाले पनि संसद् अवरोध अन्त्य गर्ने निर्णयमा पुगेको बताएका छन् । ज्ञवालीले निर्वाचन नै गराउन नचाहको सरकारले राज्य शक्तिको प्रयोग गरेर चुनावमा धाँधली गरेको आरोप लगाएका छन् । स्थानीय तह निर्वाचनमा नेकपा एमालेका कार्यकर्ताहरुमाथि सांघातिक आक्रमण हुँदा सरकार मौन बसेको उनको भनाई छ । उनले अहिले आइरहेको परिणामबाट एमाले नआत्तिएको पनि बताए ।
ज्ञवालीले देशको स्थिति धेरै भयावह हुँदै गइरहेकोले सवै गम्भीर हुनुपर्ने धारणा राखेका छन् ।