गायक तथा मोडल मनिस श्रेष्ठको ‘छड़के तरवार’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

सारांश :

काठमाडौँ । विगत एक दशक देखि कलाकारिता क्षेत्रमा अमूल्य योगदान दिँदै आएका गायक तथा मोडल मनिष श्रेष्ठको ‘छड़के तरवार’ बोलको गीत बजारमा सार्वजनिक भएको छ । गीतको म्यूजिक भिडियोलाई मनिष श्रेष्ठ नामक युट्युब च्यानलमार्फत सोमबार बजारमा ल्याइएको हो । जसमा गायक मनिष श्रेष्ठ र गायिका शान्ति श्री परियारको सुमधुर स्वर सजिएको छ ।

भिडियोमा गायक श्रेष्ठ, एलिसा बालकोटी, आस्था राउत र अर्क खड्काको दमदार प्रस्तुती रहेको छ । गीतमा गायक श्रेष्ठकै संगीत संयोजन र निर्देशन तथा कोरियोग्राफीमा तयार रहेको यस गीतमा अशोक बिष्टको शब्द रचना छ ।

गीतको म्यूजिक भिडियो पवन सुसलिङले सम्पादन गरेका छन् भने जीवन बडुले मिक्सिङ गरेका हुन् । गायक श्रेष्ठका ‘चिनो मायालाई जाले रुमाल’ ‘कालो चस्मा’, ‘चमेली’, ‘सोरुङ्ग’, र थारु गीत ‘महिन रुवाइलो’ लगायतका थुप्रै गीतहरु चर्चित छन् ।

गीत सार्वजनिक भएको दुई दिनमा नै दर्शक माझ लोकप्रिय बन्दै गएको छ । भिडियोलाई हालसम्म तीन लाख १२ हजार पटक हेरिएको छ । साथै यस गीतमा टिकटक बनाउनेलाई दश हजार नगदसहित पुरस्कारको समेत व्यवस्था गरिएको गायक मनिस श्रेष्ठले बताएका छन् । टिकटक रिलमा भिउज, लााइक र कमेन्ट जसको धेरै आउँन्छ त्यसैको आधारमा पुरस्कार दिइने र एउटा म्यूजिक भिडियो पनि खेलाउने उनको भनाई छ ।

गीतको पुरा भिडियो हेर्न यहाँ लिंक क्लिक गर्नु होला ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!