नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले निर्वाचनमा आएको मतपरिणामका बिषयमा पार्टीमा आवश्यक समिक्षा हुने बताएका छन् ।
मदन–आश्रित स्मृति दिवसको अवसरमा सो पार्टीले मंगलबार काठमाडौंमा आयोजना गरको कार्यक्रममा अध्यक्ष नेपालले निर्वाचनमा आएको मतपरिणामका बिषयमा पार्टीमा र गठबन्धनमा आवश्यक समिक्षा हुने बताएका हुन् । स्थानीय तह निर्वाचनको परिणाम आफ्नो पार्टीले अपेक्षा गरेअनुसार नआएको उनको भनाई छ । उनले निर्वाचनको परिणाम हेर्दा गठबन्धन दलका केहि सदस्यहरुले सहकार्य गर्न नचाहेको तर्क गरेका छन् । अध्यक्ष नेपालले निर्वाचनको परिणाम जस्तो आएपनि आफ्नो पार्टी देश र जनताका लागि सदैव काम गर्ने धारणा राखे ।
कार्यक्रममा अध्यक्ष नेपाल, सम्मानीत नेता झलनाथ खनाल लगाएतले मदन–आश्रितको योगदानका बारेमा चर्चा गरेका थिए ।
सम्बन्धित समाचारहरु:
खरिपाटी बस दुर्घटना: १० जना घाइते, दुईकाे गम्भीर अवस्था
लोकतान्त्रीक संस्कृतिलाई बुझ्नका लागि मदन भण्डारीको पुस्तक पढ्न एमाले अध्यक्ष के...
श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्किएपछि...
स्वाद र स्वास्थ्यको सारः बेसार
कामनपाको न्यायिक राष्ट्रिय सम्मेलन शुरु
ट्राफिक प्रहरीद्वारा तीन महिनामा दुई करोड ७९ लाख राजस्व सङ्कलन