जनताको अपेक्षा अनुसार अझै गति दिन सकेको छैन् : प्रधानमन्त्री

सारांश :

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको अपेक्षा अनुसार अझै गति दिन नसकेको भन्दै गति दिन आवश्यक रहेको बताएका छन् । सोमबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसंग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारका कामकारबाही समग्रमा सन्तोषजनक र राम्रो नै रहेको भन्दै अझै गति दिनुपर्ने बताएका हुन् ।

उनले जनता र राष्ट्रका पक्षमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भएको पनि बताए । प्रधानमन्त्री दाहालले बजेटका बारेमा एमालेको पनि कुनै असन्तुष्टि नरहेको जिकिर गरे ।

अहिलेको समीकरण राम्रैसँग अगाडि जाने भन्दै प्रधानमन्त्री प्रचण्डले उथलपुथल गर्ने बेला नभएको धारणा राखे । त्यस्तै प्रधानमन्त्री प्रचण्डले तीनवटै सुरक्षा प्रमुखहरूसँग आफूले केही दिनअघि छलफल गरेको र केही परिवर्तन नहुने भएकोले ढुक्कसँग काम गर्न भनेको पनि जानकारी दिए ।

रास्वपाका नेताहरूले राजीनामा गोजीमा राखेकोबारे दिएका अभिव्यक्तिका बिषयमा प्रधानमन्त्री प्रचण्डले रास्वपाबाट मन्त्री भएकाले सुरुदेखि नै यस बिषयमा बोलिरहेकाले अन्यथा नलिएको जिकिर गरे ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!