गङ्गा नदीमा डुङ्गा पल्टिँदा ६ जना बेपत्ता

सारांश :

एजेन्सी ।  पटना नजिकै रहेको बिहारको बारह क्षेत्रमा आइतबार गङ्गा नदीमा १७ श्रद्धालु बोकेको डुङ्गा पल्टिएको छ ।

अधिकारीहरूका अनुसार उमानाथ घाटबाट डायरा जाँदै गरेको डुङ्गा दुर्घटना भएको थियो । दुर्घटनामा ६ जना बेपत्ता भएका छन् भने ११ जना सकुशल छन् ।

बारहका एसडिएम शुभम कुमारले भने, “यहाँ एउटा सानो डुङ्गा पल्टिएको थियो । डुङ्गामा १७ जना सवार थिए, तीमध्ये ११ जना सकुशल छन् भने छ जना बेपत्ता भएका छन् ।”

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!