यस्ताे छ बुधबारको विदेशी मुद्राको विनिमय दर

सारांश :

काठमाडौं । आज २०८१ साल साउन २ गते बुधबार । सन् २०२४ जुलाई १७ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

आज अमेरिकी डलर, यूरो र बेलायती पाउण्डको विनिमय दर घटेको छ । कतारी रियालको खरिद दर सामान्य घट्दा बिक्रीदर स्थिर छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४४ पैसा र बिक्री दर १३४ रुपैयाँ ०४ पैसा पुगेको छ ।

युरो एकको खरिद दर १४५ रुपैयाँ ४० पैसा र बिक्री दर १४६ रुपैयाँ ०५ पैसा रहेको छ ।बेलायती पाउण्ड एकको खरिद दर १७२ रुपैयाँ ९६ पैसा र बिक्री दर १७३ रुपैयाँ ७४ पैसा पुगेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५९ पैसा र बिक्री दर ३६ रुपैयाँ ७६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!