काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला रु चार सयले घटेको हो ।
आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु एक लाख २५ हजार कायम गरिएको महासङ्घले जनाएको छ । शुक्रबार छापावाला सुन प्रतितोला रु एक लाख २५ हजार चार सयमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन प्रतितोला रु एक लाख २४ हजार चार सय तोकिएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला रु एक लाख २४ हजार आठ सयमा कारोबार भएको थियो ।
यस्तै चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु एक हजार पाँच सय १५ मा कारोबार भएको चाँदी आज भने रु एक हजार पाँच सय ३० कायम गरिएको छ ।
सम्बन्धित समाचारहरु:
साउनमा वीरगञ्ज भन्सारबाट १२ अर्ब १६ करोड ३२ लाख राजस्व सङ्कलन
राष्ट्रपति रामचन्द्र पौडेलले गरे हिमालयन हाइड्रो एक्स्पो २०२४ को उद्घाटन
दूध र गोबर बेचेर मासिक एक लाख ५० हजार
सुनकाे मूल्यले राख्याे नयाँ रेकर्ड, तोलाको कति ?
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा, अन्यको कति ?
नेप्से २५.९३ अंकले बढेर दुई हजार छ दशमलव २८ विन्दुमा