काठमाडौं । प्रतिनिधि सभा सदस्य मञ्जु शर्मा अन्सारीको मृत्यु भएको छ । उनको उपचारको क्रममा काठमाडौंको सिभिल अस्पतालमा मृत्यु भएको हो ।
२०२० साल माघ १९ गते जन्मिएकी अन्सारी २०७९ चैत १९ गते प्रतिनिधि सभा सदस्य चयन भएकी थिइन् ।
जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा उनी सांसद मनोनीत भएकी थिइन् ।
सभामुख देवराज घिमिरे आज नै सिभिल अस्पतालमा पुगेर शोक प्रकट गरेका छन् ।
२०४६ सालको आन्दोलन देखि राजनीतिक यात्रा सुरुआत गरेकी उनी सद्भावना पार्टीमा आबद्ध भई २०४६ सालदेखि २०५६ सम्म उपत्यका महिला इन्चार्जको जिम्मेवारी सम्हालेकी थिइन् ।
उनी हाल जनता समाजवादी पार्टी, नेपालको पोलिटब्यूरो सदस्य थिइन् ।
सम्बन्धित समाचारहरु:
सर्वसहमतिमा नै संविधान संशोधन गर्नुपर्छ : शेखर कोइराला
भौतिक पूर्वाधार विकासमन्त्री बने एमालेका यादव
गगनको स्टाटसले कांग्रेसभित्र हलचल
ओली सरकारका मन्त्रीहरुले भ्रष्टचार गरि सरकारी सम्पती कौडीको भाउमा बेचे : उड्डयन...
कांग्रेसको घोषणापत्रमा आफ्नो आलोचना देखेर एमाले अध्यक्ष केपी ओली आक्रोशित - महा...
दुई घण्टा सर्यो बजेट भाषण