निर्वाचन आयोगले निर्वाचन हुन नसकेका स्थानमा छिट्टै सूचना दिएर निर्वाचन गराइने जनाएको छ ।
सोमबार काठमाडौंमा आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतदान स्थगित भइसकेका विभिन्न स्थानहरुमा निर्वाचन भइरहेको र अन्य स्थानमा पनि छिटै निर्वाचन हुने बताएका छन् । उनले केहि घटनाबाहेक मुलुकभर शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको दावी गरेका छन् । उनले काठमाडौं महानगरमा मतगणनालाई छिटो छरितो बनाउनका लागि आवश्यक तयारी गरिरहेको जानकारी दिए । प्रवक्ता पौडेलका अनुसार स्थानीय तह निर्वाचनबाट १३ हजार भन्दा बढी उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।
उनले मतगणनाको नतिजा आयोगको वेवसाइटबाट सहज रुपमा हेर्न सक्ने व्यवस्था गरिएको जानकारी दिएका छन् ।
सम्बन्धित समाचारहरु:
नेपालको राष्ट्रिय सङ्कल्प पूरा गर्न कांग्रेसको जित आवश्यक-महामन्त्री गगनकुमार था...
गठबन्धन अब धेरै दिन टिक्दैन - अध्यक्ष केपी शर्मा ओली
सामाजिक सुरक्षा भत्ताको सुरुवात हामीबाटै भएको हो -अध्यक्ष माधव कुमार नेपाल
‘हवाई सुरक्षा अभिवृद्धिका लागि सरकार गम्भीर छ’ : पर्यटनमन्त्री
रास्वपाद्वारा टुँडिखेल घटनाबारे ध्यानाकर्षण
जाजरकोटको बारेकोटमा वडासदस्यसहित दुई जना पहिराेमा पुरिए