महोत्तरीबाट दुईथान भरुवा बन्दुकसहित तीनजना पक्राउ परेका छन् ।
वनपथ राष्ट्रिय वन क्षेत्रभित्र शिकार खेल्न गएको बेला मंगलबार साँझ ५ बजे तीन जनालाई इलाका प्रहरी कार्यालय बर्दिबासको टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सर्लाहीको ईश्वरपुर नगरपालिका १२ बस्ने ३५ वर्षीय लालबहादुर भोलन, ३० वर्षीय प्रेम बहादुर भोलन र ३८ वर्षीय अमिर स्याङ्तान छन् । लालबहादुर र प्रेम बहादुरको साथबाट भरुवा बन्दुक बरामद गरेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।
प्रहरीका अनुसार विशेष सूचनाको आधारमा उनीहरु बन्दुक बोकेर सिकार खेलिरहेको जानकारी पाएपछि प्रहरीले पछ्याएको थियो । भाग्ने क्रममा पक्राउ गरेर उनीहरुमाथि थप अुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचारहरु:
उष्णकटिबंधीय तूफान मेगी: उद्धारकर्ताहरू मृतकको सङ्ख्या बढ्दै गएपछि बाँचेकाहरूलाई...
आयुर्वेद उपचारमा आकर्षण
प्रहरीद्वारा धादिङबाट चार किलो चरेश बरामद
स्रोत नखुलेको अन्ठानब्बे लाख रकम सहित दुई जना पक्राउ
कामीरिता शेर्पाले ताेडे आफ्नै रेकर्ड, २९औं पटक सगरमाथा आराेहण
पार्टीको निर्णय बिपरित कांग्रेसले चूनावी तालमेललाई अघि बढायो - नेता डा शेखर कोइर...