कुवेतमा आयोजना हुने एएफसी एसियन कपमा नेपाली राष्ट्रिय फुटबल टोली छनोट

सारांश :

नेपाली राष्ट्रिय फुटबल टोलीले कुवेतमा आयोजना हुने एएफसी एसियन कप छनोटको तयारीका लागि प्रशिक्षण गरिरहेका छन् । आगामी जुनमा आयोजना हुने छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने आशा खेलाडीहरुले राखेका छन् ।

फुटबल टिमका खेलाडीले यसपटकको प्रतियोगिता कठिन भएपनि आफुहरु लड्नका लागि जाने र सकारात्मक नजिताको आशामा रहेको बताए ।

नेपाली टोलीका उपकप्तान रोहित चन्दले टिमको फोकस एसियन छनोटमा रहेको र राम्रो योजनाहरु तयार भएको बताए । उनले नेपालले खेल्ने तीनै टिम बलियो भएको बताए । प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पहिलो दिन नै नेपाल एशियन कपमा छनोट हुन नसक्ने बिषयमा उनले खेलाडीको हौसला बढाउन यस्तो धारणा आएको हुनसक्ने बताए । फुटबलको बिकासका लागि मुख्य ध्यान भनेको ग्रासरुटमा गर्नुपर्ने उनको भनाइ छ ।

त्यस्तै टिमका खेलाडी सुजल श्रेष्ठले यसअघिको नजितालाई हेरेर नभई टिमलाई नयाँ ढंगले मजबुद बनाउदै अघि बढ्ने बताए । कोचका कुराले कन्फिडेन्स विल्डअप गर्न काम भएको उनले बताए ।

त्यस्तै खेलाडी नवयुग श्रेष्ठले आफुलाई पहिलाको फर्ममा आउन राम्रो मौका रहेको बताए ।

एएफसी एसियन कप छनोटमा नेपाल समूह ’ए’ मा रहेको छ । यस समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ । नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ । दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्नेछ । नेपालले जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ । छनोटबाट समूहको शीर्ष टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुने छन् ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!