वरिष्ठ साहित्यकार भद्रकुमारी घलेद्वारा लिखित विभिन्न विधाका एक सय ५१ पुस्तकहरु वैशाख दश गते विमोचन हुने भएको छ ।
भद्रकुमारी घले सेवा सदनको वार्षिक साधारण सभाका अवसरमा दश गते पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको प्रमुख आतिथ्यतामा पुस्तक विमोचन हुने शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । यसअघि विविध विधाका साहित्य, संस्कृति, कला र आफ्नै जीवन भोगाइसँग सम्बन्धित १४१ पुस्तकहरु प्रकाशित गरिसक्नुभएकी घलेले एउटै मञ्चबाट ४९ पुस्तकहरुको एकसाथ विमोचन समेत गरिसक्नुभएको छ । त्यस्तै बैशाख ३० गते बिमोचन हुने १५१ पुस्तकहरुमा निबन्ध, कविता, र भजन सङ्ग्रहहरु रहेको घलेले जानकारी दिइन ।
नौ दशक उमेर पार गरिसक्नुभएका घलेको १ सय ५१ वटा पुस्तक एकैसाथ बिमोचन हुने बिषयलाई गिजिन वुक अफ वल्र्ड रेकर्डमा लैजाने योजना बनाइएको भद्रकुमारी घले सेवा सदनले जनाएको छ ।